बढ्यो डिजेल, पेट्रोल र ग्यासको मूल्य, कति पुग्यो ?

3
बिज्ञापन

१५ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले खना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल ग्यासको मूलय बढाएइको हो ।

नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइने आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले अनलाइनखबरलाई जानकारी दिए ।

Advertisement

यस्तै डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपीजी ग्यासको मूल्य पनि बढाइएको छ । अब ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाा पर्ने प्रवक्ता गोइतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको थियो ।

त्यसैका आधारमा निगमले १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको गोइतले बताए । आज गरिएको मूल्य समायोजनबाट निगमलाई पाक्षिक १ करोड ९७ लाख नाफा हुनेछ ।

निगमलाई आज बढाएको मूल्यअनुसार पेट्रोलमा लिटरमा ५.५० पैसा र मटितेलमा १६ रुपैयाँ २ पैसा नाफा छ । डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ घाटा रहेको गोइतले जानकारी दिए ।

२०७४ कार्तिक १५ गते १९:४५ मा अनलाइन खबरमा प्रकाशित