काठमाण्डु । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले इनरुवामा विरोध प्रदर्शन गरेका छन् । केटी भगाएकाे आराेप लागेपछि पक्राउ गरि प्रहरी हिरासतमा रहेका सुनसरी भोक्राहा नरसिंह–का हकिब मियाँको मृत्यु भएपछि स्थानीयकाे सहयाेगमा आफन्तले विराेध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय अगाडि स्थानीयले बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थित नियन्त्रणमा लिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।















