प्रहरीले चाहे तस्करी शुन्यमा झार्नसक्छ ….

36

सेटिङ नमिले माल पक्राउ पर्ने, सेटिङ मिले प्रहरीकै सहयाेगमा माल रातारात गन्तव्यमा पुग्ने

नवलपरासी । तस्करी नियन्त्रण गर्ने वा तस्करी निर्वाध रूपमा हुन दिने ? याे काम प्रहरीकाे चाहनामा भर पर्छ । प्रहरीले के चाहेकाे छ ? त्यही हुन्छ । यसकाे ज्वलन्त उदाहरण नवलपरासी पश्चिममा देख्न पाइन्छ । सेटिङका अधिकांश तस्करी कार्य अहिले ठप्प छन् । तस्करहरू हैरानीमा परेका छन् । यसकाे एकमात्र कारण हाे, प्रहरीले लाइन दिएकाे छैन । सुत्रकाे भनाइ छ, माथिबाट नै कडाइ छ, तस्करी शुन्यमा झार ।

Advertisement

पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वकाे सरकार गठन भएदेखि गृह मन्त्रालयकाे दबावमा सीमा तस्करीमाथि अंकुश लाग्न पुगेकाे हाे । जसले जिल्लाका प्रहरीलाइ पनि चित्त बुझेकाे छैन ।

१महिनाको अवधीमा १करोड ७३ लाख १८ हजार बराबरको राजश्व दाखिला

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले १ महिनाको अवधीमा १ करोड ७३ लाख १८ हजार ७ सय ६७ मुल्य बराबरको राजश्व दाखिला गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) तथा मातहत प्रहरी ईकाई समेतबाट मिति २०७९।०९।१७ गते देखिमिति २०७९।१०।१८ गते सम्म(१ महिनाको अवधिमा)जिल्लाका बिभिन्न स्थानबाट १ करोड ६८लाख २८ हजार ७ सय ६७ मुल्य बराबरकोभन्सार छली बिभिन्न अवैध मालसामान(चिनी, बिभिन्न किराना सामान, हार्डवेयरको सामान,लत्ता कपडा, बिभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा र पशु तथा चौपाया) बरामद गरी आवश्यक कारवाहीको लागि भन्सारकार्यालय महेशपुर तथा राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाईएको छ । त्यसैगरी प्रहरीलेयस अवधीमानदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न २२ वटा ट्याक्टरलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको छ,जसबाट ३ लाख ४२  हजार ५ सय  मुल्य बराबरको राजश्व दाखिला भएको छ ।साथै यसै अवधिमा प्रहरीले१ लाख ६२ हजार ५ सय मुल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको छ ।यसरी यस अवधीमा प्रहरीले अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही, अवैध काठ समेत गरी कुल जम्मा १ करोड ७३ लाख १८ हजार ७ सय ६७ मुल्य बराबरको राजश्व दाखिला गरेको छ ।

साथै सो अबधीमा खुल्ला सीमानाको कारण अबैध रुपमा भन्सार छली गरि ल्याएको बिभिन्न सामानहरु  ओसार पसारमा संलग्न ५ जना मानिसहरु, १२ वटा मोटरसाइकल र २ वटा ट्याक्टर समेतलाई नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ ।

साथै नवलपरासी (पश्चिम) प्रहरीले चालु आर्थिक बर्षको श्रावण १ गतेदेखि हालसम्म ४ करोड २९ लाख ३० हजार ७ सय ६५ मुल्य बराबरको राजश्व दाखिला गरेको छ । जसमा ४ करोड २ लाख १५ हजार १ सय ६० मुल्य बराबरको अवैध रुपमा भन्सार छली गरि ल्याएको बिभिन्न मालसामान रहेको छ भने ११ लाख ८६ हजार २ सय ५० मुल्य बराबर अवैध नदिजन्य पदार्थ उत्खनन कारबाही र१५ लाख २९ हजार ३ सय ५५ मुल्य बराबरको अवैध वन पैदावर बरामद रहेको छ ।

                                                                                                                           सूचना अधिकारी

                                                                                                                            (भोजराज पाण्डेय)

                                                                                                                           प्रहरी नायव उपरीक्षक