प्रहरीलाई भवन हस्तान्तरण

89
बिज्ञापन

संजय कुशवाहा /नवलपरासी जेठ १७

नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न.५ बसहियामा भएको प्रहरी चौकीलाई भवन हस्तान्तरण गरिएको छ ।
वि.सं २०४४ सालदेखि बसहिया प्रहरी चौकी गणेश मा.वि को हाता भित्र स्थापना रहेको थियो ।

Advertisement

गणेश मा.वि को हाता भित्र प्रहरी चौकी ,प्रतापुर गाउपालिका वडा न.५ को वडा कार्यालय,स-संस्था लगाएतको स्थापित छन ।बिधालयको हाता भित्र स-संस्था हुदा बिद्यार्थीहरूको पठनपाठनमा प्रतेक्ष असर पुगिरहेको थियो ।बिधालय देखि सय मिटर पुर्वमा आज प्रहरी चौकी बसहियालाई नयाँ भवन हस्तान्तरण पाएको छ ।
(D F I D) अन्तर्राष्ट्रिय विकास र गरिबी न्यूकरण गर्नेको निम्ति स्थापित भएको भवन (M I P P) परियोजना मार्फत प्रहरी चौकी भवनको निर्माण कार्य भएको हो ।
आज बिहिवार यस भवन (U N O P S) का प्रतिनिधि ईन्द्र न्यौपानेले भवनको हस्तान्तरण अनौपचारिक कार्यक्रमको बिच गर्नु भएको हो ।
भवन हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन बहादुर थार ,ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक केशव सिंह थापा ,UNOPS का ईन्जिनियर शिशिर उपाध्याय ,प्रहरी चौकी बसहियाका असई अमर बहादुर नेपाली , प्रतापुर गाउपालिका वडा न ५ का वडा अध्यक्ष त्रिभुवन सिंह ,गणेश मा.वि बसहियाको ब्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद दुवे,शिव शंकर धोबी लगाएतको उपस्थिति रहेको थियो ।