9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

प्रधानमन्त्री तथा कम्युनिस्ट नेता प्रचण्डमा सनातन धर्मको मोह जाग्दै

- Advertisement -

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हुम्लाबाट हिन्दुहरूको पवित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोवर तालमा सजिलोसँग भ्रमण गर्न सक्ने व्यवस्था गर्ने बताएका छन्। 

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको भ्रमण गरेका हुन्। उनले नेपाली, भारतीय र अन्य देशका पर्यटकहरूले समेत हुम्ला हुँदै कैलाश पर्वत र मानसरोवरसम्म भ्रमण गराउनको लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भएको बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर-दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने बताए।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५० किलोमिटर टाढा रहेको छ। नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटर टाढा छ।

सिमकोटबाट कैलाश मानसरोवर जान अहिले सडक संजाल जोडिएको भएपनि सडकको ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न असहज छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो सडकको गुणस्तर बृद्धि गर्ने काम छिट्टै अघि बढाइने बताए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme