28.4 C
New York
Tuesday, April 30, 2024

Buy now

spot_img
spot_img

प्रतापपुरमा आगलागी, ५ घरमा क्षति

spot_img
spot_img

नवलपरासी । प्रतापपुर गाउँपालिकाकाे वडा नं. ६ गूठी परसाैनी गाउँमा मंगलवार राती करिब साढे ९ बजे भएकाे आगलागीमा स्थानीयवासी ५ जनाकाे घर नष्ट भएकाे छ ।

आगलागीमा परि मनाेज पाल, शम्भु बनिया समेत ३ जना दाजुभाइ र गाेबर्धन भेंडिहारकाे गरि कुल ५ जनाकाे घरमा क्षति पुगेकाे स्थानीयले जनाएका छन् । स्थानीयवासीले दिएकाे जानकारी अनुसार मनाेज पालकाे टेक्टरमा क्षति पुगेकाे छ भने घरहरू पुर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीमा परेर एक भैंसी समेत जलेकाे छ भने मानविय क्षति नभएकाे बताइएकाे छ ।

आगलागी हुंदा घरमा खाना पकाउन राखिएकाे ग्यांस सिलेण्डर विस्फाेट भएपछि आगाे झनै तिब्र हुन गइ क्षति बढेकाे अनुमान गरिएकाे छ ।

समाचार लेखिदासम्म घटनामा भएकाे क्षतिकाे विवरण आइ नसकेकाे तथा आगलागी हुनुकाे कारण समेत खुल्न सकेकाे छैन ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme