रंजीत शर्मा,
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा निर्माण सम्पन्न भएकाे पाल्हिनन्दन अस्पतालबाट DR x-ray सेवा सुरु गरिएको छ।
अस्पतालकाे निर्माण सम्पन्न भइ सेवा सुचारु भएसंगै उपचारका लागि सदरमुकाम परासी जानुपर्ने बाध्यताकाे अन्त भएकाे छ ।
प्रमूख प्रशासकिय अधिकृत श्री प्रसाद गौतमका अनुसार अस्पतालको थप स्तर उन्नती गर्ने लक्ष्य लिइएको र पालिकाले यसकाे लागि आगामी आर्थिक वर्षमा एक करोड बजेट बिनियोजन गरिएकाे छ ।





