13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

पर्सामा सशस्त्र प्रहरी द्वारा पटाका बरामद

- Advertisement -

राजन कुमार बानिया
पर्सा ३ असोज
पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित बिस्फोट पदार्थ पटका बरामद गरेको छ । सशास्त्र प्रहरी बोडर आउट पोस्ट सुबर्णपुरबाट सशास्त्र प्रहरी निरीक्षक दिपक नापीतको नेतृत्वमा रहेको सशास्त्र प्रहरीको टोलिले नियमीत चेक जाचको क्रममा ठोरी गाउँपालिका वडा न ५ बाघमोर्चा पुलमा ठोरीबाट काठमान्डो जाँदै गरेको यात्रु बाहक बसलाई चेक जाँच गर्दा बसबाट दुई सय प्याकेट पटखा बरामद गरेको हो । भारतबाट अबैध रुपमा नेपाल भित्र्याइ काठमान्डो लेजानका लागि बसमा लोड गरिएको सुचना प्राप्त भएपछि सशास्त्र प्रहरीले चेक जाँच गर्दा बसमा उत्त परिमाण पटका बरामद गरेको सशास्त्र प्रहरी बल १३ नाम्बर हेड कवाटर पर्साले जनाएको छ ।बरामद गरिएको पटका स्थानीय भद्रभलादमि र सन्चारकर्मिको रोहवरमा बोडरआउट पोस्टको परिसरमा खाल्डोमा पुरेर नस्ट गरिएको सशास्त्र प्रहरी बल १३ नाम्बर गणका सशास्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलले जनकारी दिनुभयो छ्न ।यस्तै पर्साको जिराभवानी गाउँ पालिकाबाट पनि सशास्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको आवस्थामा भारतिय बोइलर कुखुरा बरामद गरेको छ। सशास्त्र प्रहरी बोडर आउट पोस्त महादेवपटिका सशास्त्र प्रहरी निरीक्षक रमेश साखको नेतृत्वमा गएको सशास्त्र प्रहरीको गस्ति टोलिले जिराभवानी गाउँपालिका वडा न १ जगतिया गाउँबाट ३० वटा बोइलर कुखुरा बरामद गरेको हो ।बरामद गरिएको कुखुरा स्थानीय भद्रभालदमि र सन्चारकर्मि साथै नेपाल प्रहरीको रोहबरमा नस्ट गरिएको सशास्त्र प्रहरी बल १३ नाम्बर गणका सशास्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलले जनकारी दिनु भयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme