नेपाल तरुण दलद्वारा सुरक्षाकर्मीलाई मास्क र सैनिटाइजर वितरण

12

उमेश बि.क / नवलपरासी, १६ भदौ

नेपाल तरुण दल पश्चिम नवलपरासीले सुरक्षाकर्मीलाई मास्क र सैनिटाइजर उपलब्ध गराएकाे छ ।

Advertisement

नेपाल तरुण दल नवलपरासी जिल्ला सदस्य हिमलाल पाण्डेय र नेपाल तरुण दल सरावल १ का उपाध्यक्ष सन्तोष यादब द्वारा प्रहरी चौकी बासा बसहिलाइ ९ थान n95 माक्स र ९ थान सैनिटाइजर प्रदान गरिएको हाे ।

काेराेना भाइरस काेभिड १९ काे विषम परिस्थितिमा सुरक्षाकर्मी उच्च जोखिममा रहेको हूदा जनताको सेवाका निम्ति खटिने प्रहरीलाई सेनिटाइजर र मास्क दिईएकाे तरुण दलका जिल्ला सदस्य हिमलाल पाण्डेयले बताउनुभएको हाे ।

बासा प्रहरी चौकीका इन्चार्ज महेश राएमाझिले नेपाल तरुण दलका युवा द्वारा प्रहरीले कामकाे सम्मान गर्दै प्रहरीहरुकाे स्वास्थ्य प्रती गरिएको चिन्तन र दिएकाे सहयाेगकाे लागि धन्यबाद ज्ञापन गर्नु भएको थियो ।