13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

देशको मूल राजनीति लिकभन्दा बाहिर: नेता त्रिपाठी

- Advertisement -

सहबान अन्सारी, २८ फागुन, बेलाटारी ।

नेपालको राजनीति लिकभन्दा बाहिर गएकोले राज्यको तिनवटै अंग छतबिछत भएको जनता प्रगतीशिल पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य हृदयेश त्रिपाठीले बताउनु भएकाे छ ।
जनता प्रगतीशिल पार्टीको गठन एवम दर्ता पश्चात गृह जिल्ला पुगेका नेता त्रिपाठी पहिलो पटक जनसभालाई सम्बोधित गर्दै नेता त्रिपाठीले राष्ट्रियताकाे नाममा राणादेखि राजासम्मले जनतालाइ भ्रममा पार्दै रहेकाे बताए ।

कुनै अभावको कारण पार्टी निर्माण गरिएको हैन विचारको राजनीति समाप्त हुदै गएको अवस्थामा चाहे त्यो विचार देश संसद सविधानको राजनीति बिचलन भएको हुदाँ यस नयाँ पार्टीको आवश्यकता महसुश गरिएपछि गठन गरिएको बताए । साथै देशमा किसानहरुको जनसंख्या ६५ प्रतिशत भन्दा माथी भएको हुदाँ किसानले आफ्नो उत्पादनको मुल्य आफै निर्धारण गर्न सक्दैन। जबसम्म किसान समृद्ध हुदैनन तबसम्म देश समृद्ध हुन नसक्ने नेता त्रिपाठीले दावी गरे ।


कार्यक्रममा नागरिकता विहिन नेपाली नागरिक संङ्घर्ष समिती नवलपरासीले नागरिकता विहिन भएका मानिसहरुको लागि नागरिकता पाउनुपर्ने माग गर्दै ज्ञापनपत्र समेत बुझाएको हो ।
त्यसपश्चात नेता त्रिपाठीले आमाको नाममा नागरिकता दिने संविधानमा व्यवस्था भएपनि कानुन बन्न नसकेको र जन्मसिद्धको नागरिकता प्राप्त गरेका सन्तानलाई बंशजको नागरिकता दिनुपर्ने बताएका छन ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष फरहान ईकबाल खाँ, केन्द्रिय महासचिव ईश्वर दयाल मिश्रा, केन्द्रिय सदस्य श्यामकृष्ण अधिकारी, युवा नेता करमहुसेन अन्सारी लगायतले धारणा राख्नु भएको थियो ।

नेता त्रिपाठीले बेलाटारीमा सम्बाेधन गर्दै दिएकाे भाषणकाे पुर्ण पाठः हेर्नुहाेस् भिडियाे

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme