काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । सामाजिक संजालमार्फत श्वेताले आफूलाई भाइरस संक्रमण भएको जनाएकी हुन् ।
उनले लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु। सबै सुरक्षित रहनुहोला।’
केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।















