नवलपरासीमा लागु औषधि सहित एक युवक पक्राउ

125

सहबान अन्सारी

नवलपरासीमा लागु औषधि सहित एक युवक पक्राउ परेका छन् । बिहिवार रामग्राम नगरपालिका वडा नं.७ ललितपुर स्थित महेशपुर परासी सडक खण्डबाट पक्राउ परेका रूपन्देही तिलोत्तमा नगरपालिका वडा नं. १ बस्ने ४० बर्षिय रूद्र बहादुर कार्कीको साथमा ३१ ग्राम लागु औषध खैरो हिरोईन बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरी सहायक निरिक्षक थमन बहादुर ठाडा मगरको कमाण्डमा खटीएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा दक्षिणवाट उत्तर तर्फ जांदै गरेको लु ५२ प ४६४ नं. को कालो स्कुटर रोकी चेकजाँच गर्दा स्कुटर चालक कार्कीको शरिर खानतलासी गर्दा साे पदार्थ फेला परेकाे हाे ।

निजको शरीरको तल्लो भागमा कालो प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा २९ पोका लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित तौल गर्दा ३१ ग्राम) सो पोकाहरुमा रहेको लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ निकाली एकै ठाउमा मिसाई प्लाष्टिक रहित तौल गर्दा २९ ग्राम प्रहरीले फेला पारेको प्रहरीले जनाएकाे हो ।

पक्राउ परेका कार्की सहित स्कुटर बरामद गरी लागु औषधि मुद्धामा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।