18.3 C
New York
Tuesday, May 26, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा लागुऔषधसहित ३ जना पक्राउ

- Advertisement -

नवलपरासी (पश्चिम) । प्रहरीले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार भदौ ८ गते दिउँसो करिब ३ बजे सुनवल नगरपालिका–४ तुरियास्थित पूर्व–पश्चिम राजमार्गमा शंकास्पद अवस्थामा हिँडिरहेका रुपन्देही बुटवल उपमहानगरपालिका–२ का २२ वर्षीय राजेन्द्र नेपाली र ३७ वर्षीय किसन नेपालीलाई नियन्त्रणमा लिइएको हो।

शरीर खानतलासी गर्दा राजेन्द्र नेपालीले लगाएको कालो पाइन्टको इलास्टिक भित्र लुकाइ राखिएको अवस्थामा २ एमएलका डाईजेपाम २३ एम्पुल, बुप्रिनुफिन २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी ७३ एम्पुल लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध जिल्ला अदालत नवलपरासीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

यस्तै, भदौ ९ गते बिहान ७ बजे रामग्राम नगरपालिका–१ सहुवाटिकरस्थित सडक खण्डमा रुपन्देही बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ३३ वर्षीय सुनिल परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। खानतलासी गर्दा उनको चामलको बोरा भित्र कालो प्लास्टिकमा लुकाइछिपाइ राखिएको २ एमएलका डाईजेपाम, बुप्रिनुफिन र फेनारगन १३/१३ एम्पुलसहित ३९ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तका अनुसार पक्राउ परेका तीनैजनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार अनुसन्धान अघि बढाइएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme