रंजीत शर्मा/ नवलपरासी/ २ असोज।
पश्चिम नवलपरासीमा विगत तीन वर्षमा ३०८ जनाले गरे आत्महत्या गरेको तथयाङ्क सार्वजिक भएको छ।
नेपाल प्रहरी कार्य योजना २०७९ अन्तर्गत “आत्महत्या न्यूनिकरण कार्यक्रम” अनुरुप देश भर बढ्दो रुपमा रहेको आत्महत्याको दरलाई न्यूनिकरण गर्न आम नागरिकलाई सुसुचित गराउने उद्धेश्यले सरोकारवाला निकायहरुको वृहत सहभागितामा संम्पन सचेतना कार्यक्रम बताएको छ ।
पश्चिम नवलपरासी जिल्लाको रामग्राम न.पा. वार्ड नं ३ स्थित उधोग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमको समुदघाटन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादबलको संयुक्त रुपमा गमलामा जल सेचन गरि सुरुवात गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक भोजराज पाण्डेयले आत्महत्या न्यूनीकरणका उपाय बारेमा प्रस्तुतीकरण गर्दै विगत तीन वर्षमा ३०८ जनाले आत्महत्या गरेको बताएका छन्। आर्थिक वर्ष २०७६/०७७ मा झुण्डिएर ४० पुरुष २६ महिला गरी ६६, विष खाएर १४ पुरुष १४ महिला गरी २८ जम्मा ९४ जनाले ०७६/०७७ मा आत्महत्या गरेका छन् । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा झुण्डिएर ५१ पुरुष २५ महिला गरी ७६ , विष खाएर २० पुरुष १३ महिला गरी ३३, आगो लगाएर १ महिला, हाम फालेर २ पुरुष, औजार हातहतियारको प्रयोगबाट १ पुरुष गरी जम्मा ११३ जनाले आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्या गरेका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा झुण्डिएर ५६ पुरुष २० महिला गरी ७६ , विष खाएर १४ पुरुष ०७ महिला गरी २१, आगो लगाएर २ पुरुष २ महिला गरी ४ जम्मा गरी १०१ जनाले आर्थिक वर्ष ०७८/०७९ मा आत्महत्या गरेका छन् ।
त्यस्तै २०७९ भाद्र २४ गते सम्म ११ जनाले आत्महत्या गरेका तथ्याङ्ग जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नावय उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नावय उपरीक्षक भोजराज पाण्डेयको अध्यक्षता,प्रमूख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको प्रमुख अतिथिकता, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको विषेश अतिथिक्तामा सम्मपन भएको छ ।
उक्त कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु,जनप्रतिनिधिहरु, संचारकर्मी,स्थानिय भद्र भलाद्मी, बुद्धिजिवीहरु, बिभिन्न विद्यालयका बिधार्थीहरु र सुरक्षाकर्मी लगायत ४०० भन्दा बढीको उपस्थिती रहेको थियो ।















