नवलपरासीमा केरा किसानलाई उचित मुल्य पाऊन समस्या

5
बिज्ञापन

सहबान अन्सारी, २० चैत ।

नवलपरासीमा भारतीय केराको निर्यात नियन्त्रण नहुदाँ केरा किसानहरुलाई उचित मुल्य पाउन समस्या भोग्न परेको छ ।

Advertisement

केरा किसानहरुले आत्मनिर्भर हुनको लागी विदेशी केरालाई निर्भरता हटाई स्वदेशी किसानहरुको उत्पादनको ब्यवस्था,सहज अनुदान र आधुनिक कृषि औजारको ब्यवस्था गर्नुको साथै नेपाल र भारत डब्लु.टी.ओ.सदस्य भएको हुदाँ भारत बाट निर्यात भईरहेको केरालाई नेपालको क्वराईनटाईन चेक पोस्टले बिषादी रहित प्रमाणपत्र सम्बन्धित देशले नै उपलब्ध गराई दिने भनि नेपाल राज्यको निर्देशनमा चेक जाँच गरि मात्र निर्यात गर्न दिने ब्यवस्था भए स्थानिय कृषकहरुलाई सहज हुने नवलपरासी केरा संघका अध्यक्ष लखु यादवले बताऊनु भयो ।

साथै प्रदेश सरकारले विदेशबाट निर्यात भई आउने केरालाई शत प्रतिशत भन्सार गराई बिषादी रहित प्रमाणपत्र लागु गरेमा साथै नेपालमा केराको उत्पादनको बेला राज्यले स्वंयम विदेशी निर्यातलाई कम गरी स्वदेशी केरालाई ब्यवस्थीत गर्नु पर्ने जस्ता कानुन बनाऊनु पर्ने यादवले बताए ।

नवलपरासीको दक्षिणी सिमावर्ती क्षेत्रहरुमा किसानहरुले नगदे बालीको रुपमा केरा खेती तर्फ आकर्षित भएका छन । हाल सम्म जिल्लामा करिब २ हजार हेक्टर केरा खेती गरिएको छ ।