11.3 C
New York
Monday, April 13, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा कुशवाहा समाजकाे बुद्ध जयन्ती सम्पन्न

- Advertisement -

नवलपरासी । नेपाल कुशवाहा कल्याण समाज नवलपरासीले बुद्ध पुर्णिमाकाे अवसरमा साेमवार रामग्राम स्तुपामा भव्यताका साथ बुद्ध जयन्ती समाराेह सम्पन्न गरेकाे छ ।

गाैतम बुद्धकाे एकमात्र अष्टधातु रहेकाे नवलपरासी जिल्लाकाे रामग्राम नगरपालिकाकाे वडा नं. ७ स्थित उज्जैनीमा रहेकाे रामग्राम स्तुपामा एक भव्य समाराेहकाे आयाेजना गरी बुद्ध जयन्ती मनाएकाे हाे ।

स्वजातीय पुराेहितद्वारा मन्त्राेच्चारणका साथ सञ्चालित बुद्ध जयन्ती समाराेहमा समाजका अगुवाहरूका साथै स्थानीय कुशवाहा समाजका सबै पालिकाबाट गणमान्य व्यक्तिहरूकाे सकृय सहभागिता रहेकाे थियाे । शास्त्रिय विधि अनुसार गरिएकाे पुजा अर्चना पश्चात बनाइएकाे खीर प्रसादकाे रूपमा वितरण गरिएकाे थियाे ।

प्रसाद बुद्ध जयन्ति मनाउन रामग्राम स्तुपामा भेला भएका अन्य मानिसहरूबीच पनि वितरण गरिएकाे थियाे । बुद्ध जयन्ति समाराेह जिल्ला कार्य समितिकाे आयाेजना तथा स्थानीय रामग्राम नगरपालिका नगर कार्य समितिकाे संयाेजनमा सञ्चालन गरिएकाे थियाे ।

करिब एक सय जनाकाे उपस्थिती रहेकाे साे समाराेहमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय सदस्य वृजराज कुशवाहाकाे विशेष सहभागिता रहेकाे थियाे । समाराेहमा जिल्ला तथा पालिका स्तरबाट सयाैं व्यक्तित्वहरूकाे सहभागिता रहेकाे थियाे ।

नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय कार्यसमितिको २०८१ साल असाेज ५ गते जनकपुरमा बसेकाे बैठकले हरेक जिल्लामा समाजले बुद्ध जयन्ती र अशोक जयन्ती राष्ट्रिय रूपमा मनाउने निर्णय समेत गरिसकेकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme