नवलपरासीको सुस्तामा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन

6
बिज्ञापन
श्याम थापा सुस्ता ३ फाल्गुन
प्रदेश स्थापनाको दिवसमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालाय प्रदेश न ५ रुपन्देहीले १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरको एक कार्यक्रम गरि प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घघाटन गर्नु भएको थियोे ।
शिविर कार्यक्रमको उद्वघाटन गरि मन्त्री बरालले नेपाली जनताले जानी नजानी आफ्नो स्वास्थ्य तिर ध्यान नदिने र दिन प्रती दिन बिषादी प्रयोग भएको साग सब्जी फलफूल तरकारीहरु खाने गरेको कारणले गर्दा ठुला ठुला रोगहरु लाग्ने र अकालमा नै मृत्यु हुने गरेको हुदा आफ्नो स्वास्थ्य प्रति ध्यान दिलाउने उद्देश्यले मन्त्रालयले १ दिने निशुल्क स्वास्थ्य शिविर सुस्ता गाउँपालिकामा संचालन गरेको उहाँले बताउनु भयो ।
निशुल्क स्वास्थ्य शिविरमा ओ पि डि सम्बन्धि सम्पूर्ण चेकजाँच गरिएको डाक्टर मोहम्मद नुरुल हाेदाले बताउनु भयो । सो शिविरमा सुस्ता गाउँपालिकाको वार्ड न १ देखि वार्ड न ५ सम्म गरि २ सय ५० जनाले स्वास्थ्य चेकजाँच गराएको डाक्टर सुमित शर्माले जानकारी दिनु भएको छ ।
Advertisement