रंजीत शर्मा, नवलपरासी ।
मंसिर ०४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनसंगै पश्चिम नवलपरासी क्षेत्र नं ०१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विनोद चौधरीको चाेकचाैराहा, बजार लगायत मान्छे भेला हुने सबैजसाे स्थानमा चुनावी चर्चा चुलिएको छ।
जनता प्रगतिशिल पार्टी नेपालका केन्द्रीय अध्यक्ष हृदेयेश त्रिपाठी संग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीको याेजना तथा कार्यशैलीले प्रभावित बन्दै गएका मतदाताहरू नवलपरासीका लागि विनाेद चाैधरी नै उपयुक्त उम्मेदवार रहेकाे चर्चा हुन थालेकाे हो।
एक स्थानीयका अनुसार विगत लामो समयदेखि सत्तामा रहेका नेता हृदयेश त्रिपाठीले अधारभुत विकास पनि गर्न न सकेकोले यस क्षेत्रका लागि विनोद चौधरी आवश्यकता सहीतको बाध्यता रहेको बताए। त्यस्तै अर्को एक स्थानीयले अब बिकासका लागि हृदेश त्रिपाठीको विकल्प विनोद चौधरी मात्र रहेको तर्क गरे ।
विनोद चौधरी एक सफल उधोगपति भएकोले उनी बोलेको सोचेको हरेक कार्य सफलता पूर्वक सम्पन्न गर्ने हुँदा यस क्षेत्रको बिकाशका लागि उनी आफ्नो तर्फबाट लाग्ने स्थानीय बताउँछन्।
हृदेश त्रिपाठी संग प्रतिश्पर्धा गर्ने विनोद चौधरी मात्र भएकाेले अन्य सबै कुरा भुलेर विकासका लागि विनोद चौधरीको आवश्कता रहेको बताएका छन्।
नवलपरासी क्षेत्र नं ०१ मा २०४८ साल देखि सत्तामा रहेका जनता प्रगतिशिल पार्टी नेपालका केन्द्रीय अध्यक्ष हृदेश त्रिपाठी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्बपति विनोद चौधरी बिच कडा प्रतिष्पर्धा हुने सम्भावना रहेको छ ।
जनता प्रगतिशिल पार्टि नेपालका केन्द्रीय अध्यक्ष हृदेश त्रिपाठीले २०४८ साल देखि लगातार चुनाव जित्तै आएका छन्। २०७० को संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसका नेता देवकरण कलवार संग पराजित भएको थिए।





