त्रिपाठीबाट विकास भएनः नेता कलवार

119

नेपाली कांग्रेसका नेता देवकरण प्रसाद कलवार ( सन्तु ) ले जनता प्रगतीशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पटक पटक निर्वाचन जितेपनि यस क्षेत्रमा विकासमा चासो नदेखाएको आरोप लगाउनुभएको छ ।

नवलपरासी पश्चिम संघीय निर्वाचन क्षेत्र न. १ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र न. २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहनुभएका कलवारले प्रेस युनियनले आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

Advertisement

यस अगावैका ५ वटा निर्वाचनमा विजयी बनेपनि त्रिपाठीले यस क्षेत्रका शिक्षा, स्वास्थ्य तथा भौतिक पुर्वाधारको क्षेत्रमा उल्लेखीय काम नगरेका कलवारको आरोप छ ।

यस पटक नेपाली कांग्रेसबाट त्रिपाठीसंग प्रतिष्पर्धामा रहनुभएका नेपाली कांग्रेसका नेता बिनोद चौधरी एउटा मिसन र भिजन भएको प्रभावशाली नेता भएकाले यस पटक जनताले चौधरीलाई बिजयी गराउने विस्वास व्यक्त गर्नुभयो । कार्यकर्ता भेटघाटका क्रममा देखिएका मतदातामा उत्साहले जनजनमा चाैधरीकाे छाप बस्दै गएकाेले जीत सुिनश्चित रहेकाे दावी गर्नुभयाे ।