9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

‘तातोपानी नाका सञ्चालन कम समस्या बढी’

- Advertisement -

 Views: 5,615

काठमाण्डौं ।

नेपाल र चिन विचको तातोपानी नाकाको नेपाल भित्रको क्षेत्रको अवस्था बेहाल बनेको छ । चिन सरकारले लामो समय बन्द राखेको यो नाकामा चिन तर्फको क्षेत्रहरुमा भने उसले पुर्वाधार धमाधम निर्माण गरिरहेको छ ।

चिनिया कम्पनी ताइन सुन रोड एण्ड व्रिज कम्पनीले तातोपानी नाकाको चिन तर्फको क्षेत्रमा अत्याधुनिक भौतिक संरचनाहरु निर्माण भईरहेको छन् भने नेपाल तिरको अवस्थालाई भने वेवास्ता गरिएको छ । भुकम्प पश्चात प्राय बन्द रहेको यो नाका चिन सरकारको अनिच्छाको कारण ६ बर्ष देखी राम्ररी सञ्चालनमा आउन सकेको छैन ।

आयातमा केही खुकुलो बनाएको चिन सरकारले निर्यातमा भने पुर्ण रुपमा रोक लगाएको छ । तातोपानी नाका वरीपरी चिनिया कम्पनिका अत्याधुनिक उपकरण सहितका कामदारहरुले सडक र वेस क्याम्पहरु लगायतका पुर्वाधारहरु निर्माण गरिरहेका छन् तर नेपाल तिर को भु–भागमा भने अवस्था फरक छ । नेपाल तर्फको कुनैपनि संरचनाको काम भएको देखिदैन , बाहिर मात्रै सामान्य रंगरोगन गरेर अध्यागमन कार्यालय र शसस्त्र प्रहरी बलका कार्यालयहरु जीर्ण रुपमा रहेका छन् ।

दिनहु जाने पहिरो र सडक अवरुद्धले गर्दा तातोपानी नाका अवस्था झन्झन् जीर्ण बन्दै गईरहेको छ । चिन सरकारको गैर जिम्मेवारी र नेपाल सरकारको वेवास्ता ले गर्दा अर्वौ राजस्व संकलन हुने यो नाका अहिले खासै सञ्चालनमा छैन । एकतर्फी क्षेत्रमा मात्र भौतिक पुर्वाधार निर्माण गरेर नाका सञ्चालन हुदैन यसको लागि चिन र नेपाल तर्फका दुवै भु–भागमा संरचना निर्माण गर्नु उपयुक्त हुन्छ तर चिन तर्फ भौतिक संरचना निर्माण हुनु नेपाल तर्फ भने काममा प्रगती नहुनुले यो नाका पुर्ण सञ्चालनमा आउन अझै बर्षौ लाग्ने देखिन्छ । नेपाल तर्फको भु–भागमा पनि चिनले भौतिक संरचना निर्माण गरिदिने बचन दिए पनि हाल सम्म नेपाल तर्फको क्षेत्रमा कुनै पनि त्यस्तो भौतिक पुर्वाधार निर्माण गरिएको छैन ।

यसले गर्दा पुर्ण रुपमा नाका सञ्चालन नहुदा मुलुकले अर्वौ राजस्व गुमाउंदै आईरहेको छ भने व्यापारीहरुले पनि धेरै घाटा व्यहोरी र्हनु परेको छ । विभिन्न बाहाना बनाई नाकामा अवरोध गर्ने चिनिया नितीका कारण पनि तातोपानी नाकाको स्तर उन्नती हुन सकिरहेको छैन । चिनले धमाधम आफ्नो क्षेत्रमा भौतिक संरचना निर्माण गरेपनि यसले नाका संञ्चालन कुनै प्रभाव पर्ने देखिदैन ।

नाका पुर्ण रुपले संचालन नभएका कारण आर्थिक, सामाजिक रुपमा धेरै समस्या परेका छन् । सामानका मूल्य देखि लिएर त्यस क्षेत्रमा बसोबास गर्ने समुदायको रोजगारी समेत प्रभावित भएका छन् |

नेपाल सरकारले तातोपानी नाकाको सडक पुल निर्माण गर्ने कार्यमा चिन सरकार संग साहयता मागेको थियो तर चिन सरकारले यस विषयमा कुनै प्रतिकृया दिएन तर आफ्नो क्षेत्रमा मात्र पूर्वाधारहरु धमाधम निर्माण गरिरहेको छ । यस बाट पनि के थाहा हुन्छ भने चिनिया अधिकारीहरु तत्काल तातोपानी नाका पूर्ण रुपमा सञ्चालन होस भन्ने चाहादैनन् । नेपाल सरकारले पनि प्रर्याप्त बजेट छुट्याउन सकिरहेको छैन । सामान्य मर्मत संभारका लागि वा दीर्घकालिन समस्या सामाधानको लागि योजना नबनाउने हो भने तातोपानी नाका बाट हु्ने नेपाली सामानको निर्यात ठप्प हुने देखिन्छ ।

चिनिया सरकारको नीतिगत समस्या,निर्यातमा लगाईएको रोक र विभिन्न बाहानामा हुने अवरोधले गर्दा नै तातोपानी नाकामा समस्या थपिदै गएको छ । नेपाल तर्फका संरचनाहरु पूर्ण रुपमा तयार नहुंदा निर्माण कार्यका काम कारवाही अघी बढाउन प्रक्रियागत कार्यहरु सम्पन्न हुन नसक्दा र विभिन्न बाहानामा हुने चिनिया अवरोधले गर्दा उक्त नाका पूर्ण रुपले संचालनमा आउन नसकेको देखिन्छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme