जसपाले फेर्‍यो दलकाे झण्डा र लोगो

25

काठमाण्डाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झण्डा र लोगो फेरेको छ। केही समय अघिमात्र सम्पन्न विधान अधिवेशनमा सहभागी प्रतिनिधिहरूले झण्डा फेर्नुपर्ने माग गरेका थिए।

सोही माग बमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको प्रचार विभागले जनाएको छ।

विधान अधिवेशनमा १० वटा समूह बनाई विधानमा दफावार छलफल गरिएको थियो। जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झण्डा फेर्नुपर्ने माग राखेका थिए।

यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ।

यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ। जसअनुसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ।