9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

भारत पुर्‍याइएका ६ नेपाली महिलाको उद्धार

- Advertisement -

भैरहवा । भारतबाट उद्धार गरिएका ६ जना नेपाली महिलाहरुलाइ रुपन्देही जिल्ला प्रशासनले आफन्तको जिम्मा लगाएको छ ।

उनीहरुलाई नेपाल–भारत सीमा क्षेत्रस्थित भारतको सिद्धार्थनगर झिगरीग्राम पञ्चायतबाट असार १८ गते उद्धार गरिएको थियो । उद्धार गरिएका महिलाहरू २२ देखि ३७ वर्ष उमेरका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उनीहरूका आफन्तलाई बोलाएर ती ६ जना महिलाहरुलाई जिम्मा लगाइएको हो ।

सशस्त्रले भारतीय सुरक्षा बलको सहयोगमा रुपन्देहीको देवदह नगरपालिका–४ की ३२ वर्षीया महिला, दाङको घोराही उपमहानगरपालिका–३ की ३१ वर्षीया र दाङकै राप्ती गाउँपालिका–४ की ३७ वर्षीष महिलालाई उद्धार गरेको थियो ।

यस्तै, चितवनको खैरहनी नगरपालिका–४ की ३१ वर्षीया महिला, सिन्धुलीको दुधौली नगरपालिका–१२ की २४ वर्षीया र सल्यान कपुरकोट गाउँपालिका–५ घर भएकी २२ वर्षीया महिला रहेका छन् ।

उद्धार गरिएका महिलाहरुले आफूहरुलाई विभिन्न प्रलोभन देखाएर दलाले फसाएको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी गाणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौर, सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देही प्रमुख एसपी आनन्द थापालगायतको उपस्थितिमा उद्धार गरिएका ती महिलालाई शुक्रबार आफन्तको जिल्ला लगाइएको हो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme