कुखुराकाे चल्ला प्रहरीकाे नियन्त्रणमा, तस्कर फरार

9
बिज्ञापन

नन्दु यादव/सञ्जय कुशवाहा, असाेज २२ बेलाटारी ।
जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र प्रतापपुर गाउपालिकाकाे वडा नं. ३ नन्दपुर गाउंबाट गएराति सशस्त्र प्रहरी नेपाल बाेर्डर अाउट पाेष्ट गुठी प्रसाैनीले भारतबाट भित्र्याउदै गरेकाे २ हजार गाेटा कुखराकाे चल्ला नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । चल्ला तस्करहरु फरार भएका छन ।
विगत लामाे समयदेखि सिमामा अनवरत रूपमा भइरहेकाे चल्ला तस्करीकाे समाचार सञ्चार माध्यममा सार्वजनिक भईरहदा प्रहरीले सिमा क्षेत्रमा निगरानि बढाएकाे बुझिएकाे छ । सकृय बन्दै गएकाे प्रहरी सुराकिकाे अाधारमा प्रहरी निरीक्षक तेजबहादुर बुढाथाेकीकाे नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे चल्ला गएराती नियन्त्रणमा लिन सफल भएकाे हाे ।
प्रहरीलाई देखेर तस्करहरु चल्ला धानबालीमा फ्याकेर भागेकाे प्रहरी निरिक्षक तेजबहादुर बुढाथाेकीले बताउनुभयाे। नियन्त्रणमा लिइएकाे साे चल्ला अाज स्थानियबासिन्दा, पत्रकार, सुरक्षाकर्मी तथा पशु क्वारेनटाईन चेक पाेस्ट महेशपुरका प्रतिनिधिकाे राेहबरमा नष्ट गरिएकाे छ । जिल्लाकाे पकलिहवा, गुठिप्रसाैनी, बसहिया, भुजहवा, महेशपुर र गेर्मी लगायतका नाकाबाट भारतीय कुखुराकाे चल्ला नेपाल भित्रिदै अाएकाे स्राेतकाे दाबी छ ।

Advertisement