कांग्रेसकाे प्रदेश अधिवेशनकाे मिति सर्‍यो

94
काठमाडौँ– नेपाली कांग्रेसको प्रदेश अधिवेशनको मिति सरेको छ । अधिवेशन सुरु हुन दुई दिनमात्र बाँकी रहँदा मिति सारिएको हो । कांग्रेस महाधिवेशन निर्वाचन समितिका अनुसार यही मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन अब मंसिर १८ र १९ गते हुनेछ ।

प्रदेश अधिवेशनको मिति सार्न साेमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । सो छलफलमा सहमति भएपछि निर्वाचन समितिले प्रदेश अधिवेशनको मिति सारेको हो ।

निर्वाचन समितिका अनुसार १७ गते मनोनयन दर्ता हुनेछ भने १८ गते उद्घाटन गरिने छ । सात वटै प्रदेशको अधिवेशन एकै पटक हुनेछ । प्रदेश अधिवेशन सकिए लगत्तै काठमाडौँमा यही मंसिर २४ गते महाधिवेशन उद्घाटन हुने छ । २१ गते केन्द्रीय महाधिवेशनका लागि उम्मेदवारी दर्ता हुनेछ ।