काठमाडौं, ७ पुष ।
भृकुटीमण्डप प्रदर्शनी हलमा पुष ६ गतेदखि ८ सम्म आयोजित इन्टरप्राइज इन्डिया प्रदर्शनीको उद्घाटन समारोहमा भारतीय दूतावास कार्यवाहक सुश्री नामग्या सी खम्पाले प्रदर्शनीको उद्घाटन गर्नु भएकाे छ ।
उद्घाटनका साथै यसमा सहभागी भारतीय तथा नेपाली कम्पनीहरूसँग अन्तरक्रियामा हसभागी उनले आयोजकहरूलाई दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरूसँग B2B साझेदारी खोज्न पनि प्रोत्साहित गरिन्।
भारतीय उद्योग परिसंघ (CII) ले वाणिज्य तथा उद्योग मन्त्रालयको सहयोगमा इन्टरप्राइज इन्डिया २०२२
आयोजना गर्दैछ। भारतको ब्रान्ड इन्डियालाई प्रवद्र्धन गर्ने र दुवै पक्षमा उपलब्ध व्यापार अवसरहरूको बारेमा
सचेतना सिर्जना गरी द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो।

त्यसकारण प्रदर्शनीले विशेष गरी संयुक्त उद्यम, प्रविधि हस्तान्तरण, मार्केटिङ प्रबन्धका साथै दुई देशबीचको
जन-जन सम्पर्कलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ।

इन्टरप्राइज इण्डिया प्रदर्शनीमा विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने र भारतका विभिन्न भागबाट आएका ५० भन्दा बढी
भारतीय कम्पनीहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गरिरहेका छन्, जसमा नेपाली व्यवसायी तथा
व्यापारीहरूको पनि उत्साहजनक सहभागिता रहेको छ ।
















