11.3 C
New York
Monday, April 13, 2026

Buy now

spot_img
spot_img

आय-व्यय रकम सार्वजनिक

- Advertisement -

बि.पि. ढकाल, बर्दघाट, २५ बैशाख ।
पश्चिम नवलपरासी जिल्ला बर्दघाटमा रहेको  शिव मन्दिर विकास समिति बर्दघाट–४ काे आयोजनामा “स–सङ्गित रामायण नवाह ज्ञान महायज्ञ २०८१ मा  सम्पन्न भएको यज्ञबाट  ३ लाख ७३ हजार १ सय ४९ रुपैयाँ बचत भएको छ ।
२०८१ साल चैत्र महिनाकाे १७ गते  देखि २५ गतेसम्म संचालन गरिएको “स -संङ्गित रामायण नवाह ज्ञान महायज्ञ -२०८१ का मूल सम्पादन समारोहका संयोजक नन्दलाल न्यौपानेको अध्यक्षतामा  पत्रकार सम्मेलनकाे आयोजना गरि आय – ब्यय रकम सार्वजनिक गरिएको हाे ।
बिहिवार शिव मन्दिर विकास समिति बर्दघाट ४ द्ववारा  आयोजित  नवाह ज्ञान महायज्ञकाे आय – ब्यय रकम सार्वजनिक कार्यक्रममा रू. ३ लाख ७३ हजार १ सय ४९ रुपैया बचत भएको आर्थिक समिति का संयाेजक पशुपति न्याैपानेले बताउनु भयो । 
२०८१ चैत्र १७ गतेदेखि  २५ गतेसम्म  ९  दिनसम्म सञ्चालन भएको नवाह ज्ञान महायज्ञमा जम्मा आमदानी रू. १३८८०९९/- भएको छ भने खर्च १०१४९५०/- भएकाे संयाेजक न्याैपानेले बताउनुभयो ।
यस ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक  नन्दलाल न्याैपानेका अनुसार पारदर्शी ढंगले आर्थिक विवरणको तयारी गरिएको बताउनु भयो । “हामीले महायज्ञको हिसाब किताब चुस्त र दुरुस्त राखीएकाे संयाेजक न्याैपानेले बताउनुभयो ।
शिव मन्दिर विकास समिति बर्दघाट–४ काे व्यवस्थापन समितिकाे अध्यक्ष देवी पाैडेलले यस यज्ञमा दान दाता, सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदै, मन्दिर परिसर भित्र रहेको सभाघरमा आवश्यक पर्ने भाैतिक निर्माण कार्यमा रकम लगानी गर्ने बताउनुभयो । 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme