आगलागी हुदा करिब ३० लाख बराबरको क्षति

10
बिज्ञापन

उमेश बि.क / नवलपरासी , १० पुस

नवलपरासीको सुनवल नगरपालिका १३ सन्तपुर सडक खण्डमा लगाइएको बृक्षाराेपणमा आगलागी हुदा करिब ३० लाख बराबरको क्षति भएको हाे।

Advertisement

अाज दिउँसो २ बजेतिर अागलागि भएको झरही खोलामा ५ बिगाह हेक्टर जमीन लगाइएको बृक्षाराेपणका विभिन्न जात बोटबिरुवा जलेर करिब ३० लाख बराबरको क्षति भएको स्थानीय बासिहरुको भनाई रहेको छ ।

दिउँसो २ बजेतिर अागलागि भएको र करिब ५ बजेतिर रामग्राम नगरपालिकाको बारुण यन्त्रले अागाेलाई नियन्त्रणमा ल्याएको हो ।

करिब ५ बर्ष देखि सन्तपुर बासीहरुले लगाउदै आएको सो जमिनमा विभिन्न जातको बोटबिरुवा रहेको साे ठाउँमा कसले अागाे लगाएको भन्ने कुराकाे अताेपताे नभएको र यदि अागाे लगाउने ब्यक्ति फेला परेमा साे ब्यक्तिलाई कडाभन्दा कडा सजाय दिइने भनेर स्थानीय बासिन्दा अाक्राेस ब्यक्त गरेका छन ।