असंवैधानिक कदम भन्दै ठाउंठाउंमा विराेध प्रदर्शन

43
बिज्ञापन
नवलपरासी ६ पुष ।
नेपाल विद्यार्थी संघ नवलपरासी(बर्दघाट-सुस्ता पश्चिम) जिल्ला कार्यसमितिको आयोजनामा नवलपरासी जिल्लाका विभिन्न स्थानहरुमा केपि वलिका असंबैधानिक कदमका बिरुद्ध प्रदर्शन भएका छ्न।
सो हि क्रममा सुनवल नगरपालिका-१२,भुमही चाेक तथा बर्दघाट बजारमा नेपाली कांग्रेस निकट युवा विद्यार्थीहरुले प्रधानमन्त्री केपि ओलिको पुत्ला दहन गरेका छन। पुत्ला दहन कार्यक्रममा नेबि संघ नेता किशोर गैरे र नेबि संघ निबर्तमान सभापती दधी पौडेलले सम्बोधन गर्नु भएको थियो।
पुत्ला दहन कार्यक्रम पछि भएको कोण सभालाई सम्बोधन गर्दै नेता गैरेले देश र जनताले कम्युनिस्टहरुलाई अवसर दिएको तर प्रम को अहंकार र अधिनायकवादि चरित्रको सिकार लोकतन्त्रिक ब्यवस्थामाथि हुने खतरा बढेको साथै संसद बिघटन गर्ने अधिकार संविधानले प्रमलाई नदिएको र अलोकतान्त्रिक तथा गैर संबैधानिक कदमको विरुद्ध लोकतन्त्र रक्षाको लागि नेबि संघ सडकमा आउनु परेको बताउनु भयो।
साथै कोण सभालाई सम्बोधन गर्दै नि. सभापती दधी पौडेलले संसद विघटन हुनुमा प्रधानमन्त्रीकाे मानसीक स्वास्थ्य कमजाेरीकाे उपज भएको अाराेप लगाउदै पाैडेलले केपी ओलीले योजनाबद्द रूपमा संसद विघटन गरेकाे तथा अाेलीले ५ बर्षको लागि जनताले दिएको जनादेशको उपेक्षा गरि किन संसद विघटन गरेको भन्ने प्रश्न उठाउदै देशलाई अस्थिरता उन्मुख बनाउने अधिकार ओलिलाई नभएको र केपी ओलीबाट व्यवस्था माथि नै खतरा भएको बताउनु भयो।
राणा, राजा सँग लाेकतन्त्रका लागि लडेकाे ने बि संघ अाेलिकाे याे कदम नसच्चिय सडक अान्दोलन वाटनै लाेकतन्त्रकाे रक्षा गर्ने वताउनु भयाे साथै लोकतन्त्रलाई गहिरो र फराकिलो र मजवुत बनाउन नागरिक सक्रियता वडाउनु पर्ने बताउनु भयाे । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम हो भएकाेले मुलुकलाइ एउटा दलको गुटगत झगडाको शिकार बनाउने लोकतन्त्रिक ब्यवस्थामा जनसेवक हुन सक्दैनन र सार्वभौम जनताको मतले वडा सदस्य देखि प्रधानमन्त्री र राष्ट्रपति बन्ने भएकोले उनीहरु जनसेवक हुनुपर्छ, महाराज धिराज वन्न खोज्ने हैन। जनताले तिरेको कर बाट राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु, सबै निर्वाचित प्रतिनिधिहरु, प्रशासकहरु, सेना, प्रहरी तलवभत्ता खाने भएकोले उनीहरु जनसेवक बन्नैपर्छ, नत्र के को लोकतन्त्र?
लोकतन्त्रमा दलहरु, नेताहरु, प्रशासन संयन्त्र भनेका जन सेवक हुन यिनिहरु सधै जनताकाे सेवामा तल्लिन हुनु पर्छ । झण्डै दुईतिहाईकाे बहुमत प्राप्त सरकारले जन चाहना बिपरित काम गर्नु भनेकाे लाेकतन्त्रमाथिकै प्रहार भएकाले ने बि संघ चुप लागेर बस्न नसक्ने बताउनु भयाे ।
साथै कार्यक्रममा नेबि संघ उपाध्यक्ष नरेश भट्टराई तथा सुरज पाण्डे,तरुण नेता सन्तोष गुरुङ्ग, चित्रबहादुर बर्मा, जिल्ला तरुण सह-सचिब सुरज भट्टराई, तरुण जिल्ला सदस्य सुशील भुर्तेल, बिश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष बिकास थापा,तरुण नेता प्रबिन थापा, नेबि संघ क्षेत्रीय सभापती युवराज पाण्डे, सुशील कोइराला सोसलिश्ट युथका अध्यक्ष शिव पाण्डे, सोसलिष्ट युथका सचिब तपन केवट लगायतका नेता कार्यकर्ताको वाक्लाे उपस्थितिमा सम्पन्न भएकाे थियाे भने जनसहभागिता पनि उल्लेख्य मात्रामा रहेकाे थियाे ।
Advertisement