24.2 C
New York
Friday, May 3, 2024

Buy now

spot_img
spot_img

अपाङ्गता अधिकार तथा नीतिगत व्यवस्था सम्बन्धमा सञ्चारकर्मीसंग छलफल

spot_img
spot_img

नवलपरासी, चैत २९ । सुनवल सामुदायिक विकास केन्द्रले परासीमा सञ्चारकर्मीहरूसंग अपाङ्गता समावेशी विकास परियोजना अन्तर्गत अपाङ्गता अधिकार तथा नीतिगत व्यवस्था सम्बन्धी छलफल कार्यक्रम विहिवार सम्पन्न गरेकाे छ ।

छलफल कार्यक्रममा प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका सञ्चारकर्मी तथा अपांगता भएका व्यक्तिहरूकाे सहभागितामा सञ्चालन गरिएकाे थियाे ।

युएमएनकाे सहयाेगमा ६ वर्षे अपाङ्गता समावेशी विकास परियोजना विगत १८ महिनादेखि पश्चिम नवलपरासीका ती २ गाउँपालिकाहरूमा सञ्चालनमा रहेकाे छ । केन्द्रले यस अघि प्रतापपुर गाउँपालिकाकाे पजरकट्टी र गाेपीगञ्जमा सञ्चालन गरेकाे सिलाइ कटाइ ३ महिने तालिमबाट अपाङ्गता भएका ३५ जना प्रत्यक्ष रूपमा लाभान्वित भएकाे परियाेजनाद संयाेजक श्यामसुन्दर ढुंगानाले बताए ।

ढुंगानाले छलफलकाे क्रममा तालिम पाएका ती ३५ जनालाइ व्यावसायिक बनाउने र सामुहिक व्यावसाय सञ्चालन गराइ जीवनमा परिवर्तन ल्याउने गरि व्यवस्थापन गर्ने याेजना लिइएकाे बताए ।

छलफलमा मानिसमा हुने अपाङ्गताकाे प्रकार १० वटा तथा सरकारले सुविधाका लागि ४ प्रकारकाे विभाजन गरि राताे, निलाे, पहेंलाे र सेताे कार्डकाे व्यवस्था गरेकाे बताइएकाे थियाे । अटिजम, इन्टरनल ब्लिडिङकाे लक्षण तथा यसले मानिसमा पार्न सक्ने प्रभावकाे बारेमा छलफल गरिएकाे थियाे । त्यस्तै, अपाङ्गता भएका मानिसहरूकाे शिक्षा सुविधाका लागि जिल्लाका विभिन्न ४ वटा स्थानमा विशेष कक्षाहरू सञ्चालन गरिएकाे जानकारी गराइएकाे थियाे ।

विशेष क्षमताका आधारमा सञ्चालनमा रहेका विद्यालयहरूमा प्रति विद्यार्थीकाे दरले सरकारले खास सुविधा रकम उपलब्ध गराउदै आएकाे छ । अपाङ्गता लेखाजाेखाकाे अभ्यासबारे समेत छलफल गरिएकाे थियाे ।

छलफल कार्यक्रममा युएमएन का परियोजना प्रबन्धक- अपाङ्गता समावेशी अर्जुन कुमार तामाङ्गले सरकारले विभिन्न कार्यविधि तथा ऐन बनाएर अधिकार सुनिश्चितताकाे प्रयास गरेकाे बताए । नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूकाे अधिकार सम्बन्धी ऐन २०७४, परिचयपत्र वितरण कार्यविधि २०७५, अपाङ्गतामैत्री सञ्चार निर्देशिका २०७३, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०८० जस्ता ऐननियमहरू कार्यान्वयनमा रहेकाे विषयबारे जानकारी गराइएकाे थियाे ।

त्यस्तै, अपाङ्गता भएका व्यक्तिकाे मर्यादित, स्वावलम्बी र आत्मनिर्भर जीवन सुनिश्चित गर्नका लागि संस्थागत सुधार तथा क्षमता विकासकाे माध्यमबाट राज्यका तीनवटै शासकीय तहमा समावेशी तथा समतामूलक प्रणालीको विकास गर्नेमा जाेड दिइएकाे बताइएकाे थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme