दिल्ली, भारत ।

जहिले पनि दंगाफसाद र हिंसामा रुमल्लिएको काश्मिरमा अहिले शान्ति मात्रै होइन भाइचारा र उच्च सामाजिक सद्भावको नमूना देखिन थालेको छ । भारतको काश्मिरमा पहिलोपटक कृष्ण जन्माष्टमी मनाइएको छ ।

कृष्ण जन्माष्टमीकाे अवसरमा काश्मिरमा हिन्दु र मुस्लिमबिच उच्च भाइचारा देखियो । हिन्दु र मुस्लिम समुदायले एकसाथ मिलेर कृष्ण जन्माष्टमी मनाएका छन् । आतंकवादको गढ मानिने उत्तरी काश्मिरको हंदवाडामा ३२ वर्षपछि कृष्ण जन्माष्टमी मनाइएकाे छ । यहाँ ठूलो संख्यामा काश्मिरी पण्डित सहभागी भए । झांकी र जुलुसका साथ निकालिएकाे शाेभायात्राले गरेकाे नगर परिक्रमामा हजाराैं हिन्दु सहभागी भए । सुरक्षाफाैजले कडा सुरक्षा दिएकाे थियाे ।

हेर्नुस् भिडियाेमा …..

काश्मिरी पण्डितहरुले जन्माष्टमी मनाउने क्रममा हंदवाड़ा शहरबाट मार्चपास गरेका थिए । काश्मिरको सड़कहरुमा पहिलोपटक जन्माष्टमीको अवसरमा हिन्दू-मुस्लिम भाइचाराको जुन दृश्य देखियो, त्याे एतिहासिक रह्याे । यस अघिका दिनमा काश्मिरमा हिन्दुहरू जन्माष्टमी मात्र हाेइन कुनै पनि चाडपर्व मनाउन पाउदैनथे ।

सधै कट्टरपन्थीको गढका रुपमा चिनिने, आतंकवादी हमलाको त्रासमा बाचिरहने काश्मिरमा सोमवार याे दृश्य देख्न पाइयाे । अहिले त्यहाँ शान्तिको माहोल धारा ३७० हटाएपछि कायम हुन पाएकाे हाे । यसले काश्मिरमा हिन्दु खुशी छन् ।

काश्मिरी पण्डितहरुले शहरमा जुलूस निकाल्दा त्यहाँ मुस्लिम र हिंदू दुबै भाग लिएका थिए । यो दृश्य पछिल्लो काश्मिर विभाजनपछिकै ऐतिहासिक क्षण रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसले काश्मिरमा रहदै अएकाे डर र त्रासकाे अब अन्त्य हुने विश्वास गरिएकाे छ ।

भिडियाेमा काश्मिर……