हृदयेश त्रिपाठीकाे भारतीय विदेश सचिव हर्षवर्धनसित भेट

Hridyesh tripathi

पुर्वमन्त्री हृदयेश त्रिपाठीले भारतीय विदेश सचिव हर्षवर्धनसित दिल्लीमा भेटवार्ता गरेका छन् । त्रिपाठी हर्षवर्धनलाइ भेटन दिल्ली स्थित विदेश मन्त्रालय पुगेका हुन् ।

भेटमा विदेश सचिव हर्षवर्धनले त्रिपाठीले स्वास्थ्यमन्त्री रहंदा काेराेनाकाे नियन्त्रणका लागि खेलेकाे भूमिकाकाे सराहना गरे ।

पछिल्लाे समयमा नेपालका मन्त्रीहरू भारत धाउने क्रम बढेकाे छ । त्रिपाठीकाे यस भेटलाइ पनि यसैकाे निरन्तरताकाे रूपमा हेरिएकाे छ । यस अघि नेपाली कांग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक काेइराला उपचाररत रहनु भएका नेता प्रदीप गिरीलाइ भेटन गएका बेला भारतीय नेता तथा भारतीय अधिकारीहरूलाइ भेटेका छन् ।

भेटवार्ताकाे याे तस्विर विदेश मन्त्रालयका प्रवक्ता अरिन्दमले सार्वजनिक गरेका छुन् ।