बर्सेनि लाग्ने मदार स्थानमा यहि फाल्गुन १२ गते देखि सुरु हुने मदरबाबा मेलामा नेपालको नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही र कपिलवस्तु विभिन्न जिल्लाहरु र भारतको बिहार, युपि, दिल्ली, महाराष्ट्र अन्य राज्यबाट करिब १० लाख दर्शानालुहरु मेलाको दर्शन गर्न आउने बिश्वास रहेको कुतबुल मदरशाह दरगाह कमिटी सुस्ता २ महलबारीका अध्यक्ष निजामुदिन मियाले बताउनु भएको छ ।
मेला दर्शन गर्न आउने करिब १० लाख दर्शानालुहरुको सहजको रूपमा खानेपानी,शौचालय,गाडी पार्किङ्ग,निशुल्क औषधि,शान्ति सुरक्षा र रात्री बासको व्यवस्थापन गरिएको र मेलामा आउने दर्शानालुहरुलाई विभिन्न सामग्रीहरु खरिद गर्नका लागी मदरबाबा मेलामा सानो ठुलो गरि करिब ३ हजार पसलहरु रहेको कुतबुल मदरशाह दरगाह कमिटी महलबारीका सचीव अज्मुदिन अन्सारीले बताउनु भयो । सुस्ता २ महलबारी देखी करिब ९ किलोमिटर माथी मदारी डाडामा रहेको मजारको दर्शन गर्ने हो भनी निसन्तान दम्पतीको सन्तान हुने,शरीरमा रहेको विभिन्न रोग ब्याधीहरु निको हुने र भुत प्रेत जस्ता लागेको निको हुने जस्ता दर्शानालुहरुको आस्था रहेको पाईन्छ