स्थानीयकाे प्रहारबाट गम्भिर घाइते भएर मृत्यु भएकाे हुनसक्ने अनुमान
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउंपालिका वडा नं. ६ मा देखा परेकाे जंगली चितुवा स्थानीयकाे घेरा बीचमै मरेकाे र सनिवार नै सेमरीमा पाेष्टमार्टम गरिएकाे छ ।
पाेष्टमार्टमकाे रिपाेर्ट आउन बाकी रहेकाे सेमरी इलाका प्रहरी कार्यालय प्रमुख सहायक प्रहरी निरीक्षक हरि बहादुर रानाले बताए । पाेष्टमार्टमकाे रिपाेर्टबाट चितुवाकाे मृत्यु के कति कारणले हुन गएकाे भनि खुल्ने छ ।
सनिवार बिहान पिपरपाती गाउंमा देखिएकाे चितुवा दिउंसाे गाउं बाहिरकाे एउटा रूखमा चढेर ज्यान जाेगाएकाे थियाे । चितुवा हेर्न आउनेकाे भीड थियाे । थकित अवस्थामा देखिएकाे चितुुवा रूखकाे हांगामा तिब्र गितकाे सांस फेर्दै आराम गरे जस्ताे अवस्थामा बसिरहेकाे थियाे ।
दिउंसाे १ बजेकाे समयमा करिब २ सय जना स्थानीयकाे बाक्लाे उपस्थिति थियाे । चितुवालाइ नियन्त्रणमा लिने टाेली आउदै गरेकाे खबर थियाे । थकित अवस्थामा देखिएकाे चितुवा विस्तारै तल झरेर भुंइमा सुत्याे । मानिसले फाेटाे खिचिरहेका थिए ।
तर घटनास्थलमा पुगेकाे नियन्त्रक टाेलीले चितुवा सुतेकाे स्थान मै मरेकाे अवस्थामा भेटायाे । र शव पाेष्मार्टमका लागि इलाका प्रहरी कार्यालय बेलाटारी लगियाे तर स्थानीयकाे अत्यधिक भीडका कारण त्यहां पाेष्टमार्टम नगरी शवलाइ इप्रका सेमरी पुर्याइयाे ।

खतरनाक जंगली जनावर चितुवा स्थानीयवासीकाे प्रहारबाट गम्भिर घाइते भएर मृत्यु भएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।