Exploding, Bomb, Fire- Natural Phenomenon, Fireball, Smoke - Physical Structure
Advertisement

काठमाडौं– पाकिस्तानको बारा क्षेत्रमा बम आक्रमण भएको छ । प्रहरी जाँच चौकीलाई लक्षित गर्दै अज्ञात व्यक्तिहरूले बम प्रहार गरेको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

रमजानको व्रत जारी रहेकाले व्रत तोड्ने समयमा आक्रमण भएको बताइएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले प्रहरी जाँच चौकीलाई लक्षित गरी बम फ्याँकेर भागेको डनले जनाएको छ ।

Advertisement

आक्रमणबाट कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । आक्रमणको जिम्मा हालसम्म कुनै समूहले पनि लिइसकेको छैन ।

यद्यपि पाकिस्तानमा विभिन्न उग्रवादी समूहहरूले यस्ता आक्रमण गर्दै आएका छन् । घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ  ।

Advertisement