सिन्धुलीमा बस दुर्घटना : ५ जनाको ज्यान गयाे, १९ घाइते

0
6

काठमाण्डाै – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीकाे फिकल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । १९ जना घाइते भएका छन् । 

ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेकाे  बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हाे । 

घाइते भएका १९ जनाकाे खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

दशैँ -बिज्ञापन