होली पर्वले आपसी सद्भाव र समाजको मेलमिलापमा नयाँ उत्साह ल्याउने सांसद हरि नारायण रौनियारले विश्वाश व्यक्त गर्नुभएको छ ।
पर्सा जिल्लाकाे निर्वाचन क्षेत्र नं ३ बाट सांसद बनेका रौनियारले हाेली पर्वमा बढ्दै गएको आधुनिकताले गर्दा परम्परा लोप हुदै गएको प्रति चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
पहिलाको होलीमा माैलिक गितहरू जस्तैः जोगिरा गाउने गरिएको उल्लेख गर्दै सांसद रौनियारले अहिले आधुनिकताले गर्दा पहिलाको होलीको महत्व र रौनक हराउदै गएको बताउनु भएको शुभकामना संदेशमा उल्लेख गरिएको छ ।
अहिलेको होली तडकभडकमा मात्र सिमित भएको बताउदै यस्ता विकृतिलाई रोक्नुपर्ने समेत उहाले बताउनु भएको छ ।
असत्यमाथि सत्यको जित भएको सम्झनामा होली पर्व मनाउने गरिन्छ ।