श्रीमतीलाइ हत्या गरि श्रीमान र सासु फरार

श्याम थापा
सुस्ता ८ फाल्गुन

नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँ पालिकाको वडा न.३ कुडिया स्थित रेवाटोलमा आफनो श्रीमतीलाई हत्या गरि श्रीमान र उनको सासु फरार भएकाे चर्चा  छ ।

सुस्ता गाउँपालिका वडा न. ३ कुडिया स्थित रेवा टोलमा बस्ने मोती चन्द बिनले मिती २०७४ फाल्गुन ६ गतेका दिन आफनो श्रीमती अन्दाजी बर्ष २५ की रानी बिनलाई बिष खुवाएर हत्या गरेको र श्रीमती रानी बिनको शव पनि बेपत्ता गराएको गाउलेले बताएका छन ।

साथै मोतीचन्द बिनले र मोती चन्दको आमाले रानी बिनको शव पनि बेपत्ता गराई गाउँनै छाडेर भागेका छन । रानी बिनको शव खोजी कार्य भैरहेको र फरार रहेका मोती चन्द बिन र उनको आमालाई पनि प्रहरीले खोजी कार्य गरिरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाले जानकारी दिनु भएको छ ।