22 C
New York
Friday, June 14, 2024

Buy now

spot_img
spot_img

शिक्षक संघ नवलपरासीले ३५ औं स्थापना दिवस मनायो

spot_img
spot_img

पप्पु रेग्मी, परासी, जेष्ठ ५ ।

नेपाल शिक्षक संघ पश्चिम नवलपरासी जिल्लाले आफ्नो ३५ औं स्थापना दिवस परासीमा विविध कार्यक्रम गरि मनाएको छ ।
शनिबार संघले परासीमा आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा स्मारिका प्रकाशन, शिक्षक सम्मान, शिक्षक सहुलियत स्वास्थ्य सेवा सम्झौता र अन्तरकृया सहित विविध कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
संघका जिल्ला अध्यक्ष भोजराज चापागाईंको अध्यक्षता तथा नेपाल शिक्षक संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र बहादुर रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै, शिक्षक सन्तुष्ट नभई शिक्षामा सुधार नहुने बताउदै, शिक्षकले अब आफ्ना माग राख्ने भनेको नै स्थानीय तह रहेको उल्लेख गर्दै, पहिले जिल्लामा समन्वय गरे हुने थियो । नेपालको सबिधान २०७२ को अनुसूची ८ ले शिक्षकलाई जिल्लाबाट गाउँ पालिका र नगर पालिकामा पुर्याइदिएको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशकी उपाध्यक्ष सीता शर्मा, नेपाल शिक्षक संघका निवर्तमान केन्द्रिय सदस्य नेत्रलाल न्यौपाने, शिक्षक महासंघका जिल्ला अध्यक्ष अरबिन्द्र कुमार पाठक, स्मारिकाका प्रधान सम्पादक एव संघका सह–सचिव अर्जुन प्रसाद पाण्डे, रामनगर सामुदायिक अस्पतालका अध्यक्ष देवराज भण्डारी र जिल्लाका सातै वटा पालिका स्तरिय शिक्षक संघका अध्यक्षहरु, विभिन्न विद्यालयका प्राध्यानाध्यापक र शिक्षकहरुले स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारसङ्ग सम्बन्धि विभिन्न समस्याहरु बारे बोल्नु भएको थियो ।
कार्यक्रममा जिल्लामा पहिलो पटक “गुरु गौरव” नामक स्मारिका प्रकाशन गरेको स्मारिकामा शिक्षक संघ नवलपरासीको इतिहास, शैक्षिक व्यक्तित्वहरुको लेख, रचना र संघले गरेका बिविध कार्यक्रमहरु समाबेश गरिएको छ ।
शिक्षक सहुलियत स्वास्थ्य सेवाकोलागि पन्ध्र शैयाको रामनगर सामुदायिक अस्पतालले शिक्षकको उपचारकालागी बेड चार्जमा २० प्रतिशत छुट, प्रसुडिअलमा १५ प्रतिशत छुट, ओ।पि।डि। र चेक अफ १० प्रतिशत र मेडिसिनमा ५ प्रतिशत छुट दिने गरि सम्झौता रहेको संघका अध्यक्ष भोजराज चापागाईले बताउनुभयो ।कार्यक्रममा संघका उपाध्यक्ष शिवा रेग्मीको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन सह–सचिव अर्जुन प्रसाद पाण्डेले गर्नु भएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme