रंजीत शर्मा/ नवलपरासी। श्री शंकरपुर प्राथमिक विद्यालयको अभिभावक भेला आज सम्पन्न भएको छ ।
पाल्हीनन्दन गाउँपालिका वार्ड नं १ शंकरपुर स्थित विक्रम संवत २०३६ सालमा स्थापना भएको शंकरपुर प्राथमिक विद्यालयको प्रांगणमा आइतबार अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य विश्राम केवटको अध्यक्षता र पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ का वार्ड अध्यक्ष चुलाही प्रसाद यादवको प्रमुख आतिथ्यतामा अभिभावक भेला सम्पन्न भएको थियोे ।
भेलाको प्रमुख अतिथि वार्ड अध्यक्ष यादवले विद्यालयको विकासका लागि शिक्षक-अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताउँदै यस विद्यालयको लागि हुने सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अभिभावक भेलाबाट ४ जना सदस्य समेत निर्विरोध चयन भएका छन्। मदन लाल तेली, मेनका केवट, सुरेन्द्र हरिजन, लालती केवट निर्विरोध चयन भएका हुन्।
कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाकाका शिक्षा शाखा प्रमुख प्रमोद यादव, सहायक अशोक ठाकुर, पाल्हिनन्दन गाउँपालिकाका वार्ड न ०१ वडा सदस्य चुलाही यादव, हरपुर माध्यमिक विद्यालय हरपुरका प्रधानध्यापक पुरुषोतम गुप्ता, बाल शिक्षा निकेतन माध्यमिक विद्यालयकाका प्रधानध्यापक सुनिल तिवारी, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण वहादुर यादव लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।