22 C
New York
Friday, June 14, 2024

Buy now

spot_img
spot_img

वोरिङको पाईप लाईन काटिएपछि किसानले लगाएको मकै सुक्न थाल्यो

spot_img
spot_img

बर्दघाट । पश्चिम नवलपपरासी जिल्लाको बर्दघाट नगर पालिका वडा नम्बर ७ जिमिरेभार बर्दघाट त्रिवेणी सडक खण्डको पश्चिम तर्फ जिमिरेभारको खेतमा गएको सिंचाई गर्ने पाईप करिब १ महिना अगाडि देखि जिमिरेभार डिप वोरिङको पाईप लाईन काटेर फालि दिएपछि किसानले लगाएको मकै करिव डेढ विगाहा खेतमा लगाएको मकैमा सिंचाई गर्न नपाएपछि फल्न लागेको मकै सुकेर नष्ट भएको छ ।

सडकमा नयाँ ह्यूम पाईप लगाउने क्रममा ठेकेदारको चरम लापरवाही र स्थानीय निकायले डिप वोरिङको किसानले सिंचाई गर्ने पाईप लाईन काटेर फालि दिएपछि पाईप जडान गर्न आलटाल गर्नाले मकै सुक्न थालेपछि स्थानीय किसानले बाख्रा र भैसीलाई खुवाउन थालेका हुन ।

किसानका खेतमा सिंचाई गर्ने पाईप लाईन जडान गर्नकालागि वोरिङका समितिका अध्यक्ष गोविन्द ढुंगानालाई स्थानीयले पाईप लाईन मर्मत गर्नकालागि अनुरोध गर्दा पनि बेवास्ता गरेको नर बहादुरले बताउनुभयो ।

वडा नम्वर ७ का वडा अध्यक्ष ध्रुव थारुलाई पनि मकै सुकेकोले सिंचाई गर्नका लागि पाईप लाईन जोड्न अनुरोध गर्दा पनि हाल सम्म पनि जोड्ने तर्फ खासै चासो दिएका छैनन् ।

किसानले लगाएको मकै सुकेर गएको छ भने अब धानको वीउ छर्न नपाईने हो कि भन्ने किसानहरुलाई अर्को पिरलो थपिएको स्थानीय टोल समितिका अध्यक्ष ध्रुव रेग्मीले बताउनुभयो ।

सडक पुल कलभर्टहरु निमार्ण गर्दा डिप वोरिङको पाईप होस वा खाने पानीको पाईप लाईन भएमा सावधानी पूर्वक कुनै पनि क्षेति नगरि निर्माण गर्न सम्बन्धित निकायको ध्यान पुग्न जरुरी भएको टोल समितिका अध्यक्ष रेग्मीले बताउनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme