Advertisement

पप्पु रेग्मी, सुनवल ।

पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको ३ नम्वर वडामा चुनावी सभा सम्पन्न गरिएको छ ।

Advertisement

सुनवल नगर पालिकामा नेपाली कांग्रेसको जिल्ला सभापति एवं मेयर पदका उम्मेदवार अर्जुन कुमार पोखरेलले सुनवल नगरपालिको वडा नम्वर ३ को चुनावी सभालाई सम्बोधन गर्दै, जनतालाई स्थानीय सरकारको अति नै महत्व पूर्ण भएकाले सुनवल नगर भित्रको विकास र समृद्धिका लागि आफुहरूको संयुक्त गठबन्धनको प्यानल नै लागि परेको बताउनुभयो ।

कार्यक्रममा नेता पोखरेलले आफू पदमा भए नी नभए पनि सुनवलको विकास निर्माणका काममा निरन्तर लागिरहेको बताउदै, आफूहरुले बोलेका कुराहरु कृषि, शैक्षिक, स्वास्थ्य लगायत विकास निर्माणका कामहरु गर्दै अाएकाे बताए ।

कम बोल्ने र धेरै काम गरेर संयुक्त गठबन्धनले जनता सामु देखाउने भन्दै सुनवलका जनताहरुको आवश्यकतालाई पुरा गर्नका लागि आफू सधै तत्पर रहेकोले आफू र आफ्नो संयुक्त गठबन्धनमा रहेका सबै पदका उम्मेदवारहरु क्रमशः मेयर, उप मेयर, वडा अध्यक्ष र वडा सदस्यहरुलाई जनताले आफ्नो अमूल्य भोट दिएर आफ्नो गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका तर्फबाट उपप्रमुख पदका उम्मेदवार लेखनाथ खरेलले जनताको आवश्यकता र विकास निर्माणका बारेमा बोल्दै, स्थानीय स्तरमा विकास निर्माणका काम निरन्तर चलाई रहनका लागि गठबन्धनको जित हुन पर्नेमा जोड दिनुभयो ।

Advertisement