वडामा ब्युटिशियन तालिम

0
7
बिज्ञापन
  • संजय कुशवाहा /नवलपरासी जेठ २२

नवलपरासीको प्रतापपुर गाउपालिका वडा न.६ गुठी परसौनीमा सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत ब्युटिसियन सम्बन्धी एडभान्स डिप्लोमा तालिम आज सम्पन्न भएको छ ।
गत बैशाख ११ गते सुरू भएको तालिममा वडाका करिब १२ जना महिलाहरूको सहभागीता रहेको थियो ।
जन जागृति अपाङ्ग संस्था गुठी परसौनीको आयोजना तथा प्रतापपुर गाउपालिका वडा न.६ वडा कार्यालयको सहयोगमा उक्त तालिम सुरू गरिएको थियो ।बच्चा रायको अध्यक्षता तथा प्रतापपुर गाउपालिका उपाअध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख अतित्यता रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले तालिम बाट सिकेको सिपलाई आफ्नो लागि मात्र नभई पेशागत रूमा लिन जरुरी रहेको बताउनु भयो सथै सीमा विकास क्षेत्रका लागि महिलाहरूलाई यस्तै सिपमुलक तालिम आवस्यक रहेको चौधरीले बताउनु भयो।
कार्यक्रममा वडा न.६ का अध्यक्ष राम हरि उपध्याय , वडा न . ६ र ८ का वडा सचिव रामबहादुर क्षेत्री, राजु गप्ता,अन्जु पाण्डे ,पार्वती अधिकारी ,अंगीरा साहानी ,श्याम थापा,श्याम बदन हरीजन,प्रेम चन्द रैनियार लगायतहरूको उपस्थिति रहेको थियो ।

दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad