लंगडिपाकडका डाक्टर दुबईमा अलपत्र

5
बिज्ञापन

उमेश बि.क / नवलपरासी, ६ मंसिर ।

पाल्हिनन्दन गाउँपालिका ६ का रामअवध हरिजनका छाेरा त्रिभुवन हरिजन (डाक्टर ) एक हप्तादेखि दुबईस्थित राेभा टावरमा अलपत्र परेका छन् ।

Advertisement

एसी कम्पनीमा काम लगाइदिन्छु भनेर कार्तिक ३० गते शुक्रबार रामग्राम नगरपालिका ९ पिपरहियाका भक्सरि कहार एजेन्टले १ लाख ५० हजार लिएर बि बि लामा अाेभरसियर प्रा.लि काठमाडौंबाट दुबई पठाएका हुन।

अाफ्नै फाेटाे स्टुडियो ( उजैनिमा ) बाट महिनाकाे १५- २० हजार कमाउदै अाएका डाक्टर अाफ्नाे परिवार थामी राखेका थिए । अार्थिक अवस्था कमजोर भएको कारण बिदेश गएर घरकाे अार्थिक अवस्था सुधार्ने साेचले ऋण लिइ बिदेश गएकाे डाक्टर हरिजनकाे अवस्था नाजुक बन्दै गरेको छ।

१ हप्ता देखि नेपाली साथिहरुकाे रुमामा अलपत्र पर्दै एजेन्टलाई फाेन गर्दा फाेन नउठाउने र फाेन नलाग्ने समस्या भएकोले अाज इमाेमा फाेन गर्दै रुदै यी कुराहरु जानकारी गराएका हुन।

घरका ब्यक्तिहरुसंग दुबईमा एसि कम्पनीमा काम गर्छु भनेर गएका डाक्टर अहिले काम र कम्पनीकाे जिम्मेवार ब्यक्तिहरुकाे अताेपताे नहुदा त्यहाँ अलपत्र परी रोजगारबिहीन भएका छन् ।

पासपोर्ट जपतगरि कम्पनीका जिम्मेवार ब्यक्ति केही वास्ता नगरेकाे र अाफुसंग पैसा नभएको साथै गएको दिनदेखि खानपीनको समस्या पनि थपिएको पिडित हरिजनले जानकारी दिएका छन।

Advertisement