बिज्ञापन

नवलपरासी : रामग्राम नगरपालिकाले शिक्षककाे सरूवा गरेकाे विराेध गर्दै विद्यार्थी आन्दाेलित भएका छन् । बुधवार आन्दाेलित बनेका विद्यार्थीहरू रामग्राम नगरपालिकाकाे हाताभित्र प्रवेश गरि शिक्षक सरूवा फिर्ताकाे माग अगाडि सारेका छन् ।

रामग्राम नगर क्षेत्रमा रहेका कुल ३२ वटा सामुदायिक विद्यालयमा जम्मा १ सय ४१ जना शिक्षकहरू अध्यापन गराउँदै आएकामध्ये ३३ जना शिक्षककाे सरूवा गरिएकाे छ । जसमा नगरपालिकाले मावि तहका ८ जना, निमावी तहका २० जना र प्रावितहका ५ जनासहित ३३ जना शिक्षकको सरुवा गरेकाे खबर छ ।

Advertisement

ति सबैकाे सरूवा नगर क्षेत्रकै विद्यालयहरूमा गरिएकाे बताइएकाे छ। लामो समयसम्म एउटै विद्यालयमा बसेर अध्यापन गराउदा शैक्षिक गुणस्तर खस्किने तथा अर्को विद्यालयमा जाँदा शैक्षिक सुधार हुने अपेक्षाले सरुवा गरिएको नगर शिक्षा शाखाका प्रमुख रुद्र प्रसाद रेग्मीकाे भनाई छ । सरुवा गरेपछि अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा हलचल मच्चिएको छ ।आन्दोलनका कारण नगरपालिकाको काम पनि ठप्प बनेको छ ।

विद्यार्थीहरुले नगरपालिकाको मुल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सदरमुकाममा रहेको पवन माध्यामिक विद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेको आन्दोलनमा वरपरमा रहेका केही विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । पवन माविबाट प्रधानाध्यापकसहित ६ शिक्षकको सरुवा गरिएको छ ।

दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad