रकेट चुल्हाे बनाउने तालिम सम्पन्न

0
11

उमेश बि.क / नवलपरासी, ६ फाल्गुन

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ पर्सा टोलमा साेमवार एक दिने रकेट चुल्हाे बनाउने तालिम सम्पन्न भएको छ ।

Advertisement

प्रतापपुर गाउँपालिका वडा नं. ७ का दलित र अति बिपन्न परिवारका सदस्यलाई साे तालिम प्रदान गरिएको हाे। युनाइटेड मिसन टु नेपालकाे सहयोगमा बिकल्प नवलपरासी द्वारा सन्चालित तराई बाढी पुन:लाभ कार्यक्रम अन्तर्गत पर्सा टाेलका २० जना महिलाहरूलाई रकेट चुल्हाे बनाउने तालिम प्रदान गरिएको हाे।

तालिमको प्रशिक्षण बिकल्पका फिल्ड अपिसर राम नगिना गुप्ताले गर्नुभएको थियाे। बिकल्पका फिल्ड अपिसर राम नगिना गुप्ताले सुधारिएको चुल्हो सहज रुपमा प्रयोग गर्ने सकिने, धुवाँको कम उत्पादन गर्ने, इन्धनको बचत गर्ने भएकोले यसको धेरै फाइदा भएको तथा स्वच्छ उर्जाको पहँुचले धेरै महिलालाई फाइदा हुने बताउनुभयो ।

उहाँले सुधारिएको चुल्होको व्यवसायीकरणले महिला सशक्तिकरण हुने र धुवाँ कम आउने हुँदा स्वास्थ्यमा पनि सुधार हुने बताउनुभयो

दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad