मेलाको आय व्यय सार्वजनिक

0
14
Advertisement


पप्पु रेग्मी, बर्दघाट, चैत्र १६ ।
बर्दघाट ः पश्चिम नवलपरासी जिल्लाको बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाटले बर्दघाटमा आयोजना गरेको पाँचांै बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको आय व्यय मंगलवार कार्यालयको सभा हलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले पाँचांै बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको कुल आय रु.७६ लाख ९९ हजार ६० रुपैया र खर्च रु.७० लाख १६ हजार १ सय ६० र बचत रकम रु.६ लाख ८२ हजार ९ सय रुपैयाको आय व्यय प्रस्तुत गरेको महासचिव दिनेश न्यौपानेले बताए ।

Advertisement