मुहम्मद जयन्तीको अवसरमा विषेश धार्मिक कार्यक्रम समपन्न

0
3
बिज्ञापन

सहबान अन्सारी, मंसीर ५ ।

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६ हरपुरमा मुहम्मद जयन्तिको अवसरमा बिशेष धार्मिक कार्यक्रम आज सम्पन्न भएको छ ।

Advertisement

मदरसा मदिनतूल ओलुम को आयोजना तथा ईस्लामिक युवा क्लबको सहयोगमा रहेको कार्यक्रममा बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष साकिर अन्सारीको अध्यक्षता तथा नेपाली काग्रेसका पुर्व सांसद देवकरण प्रसाद कलवारको प्रमुख अथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलवारले ईस्लामिक शिक्षाकोलागी स्तरउन्नतिलाई अगाडी बढाऊन जरुरी रहेको बताउनु भयो साथै सरकारले मदरसाहरुलाई हरेको किसीमको सेवा सुबिधा उपलब्ध गराऊन आवश्यक रहेको र आफुबाट हरेक किसीमको सहयोग गर्ने प्रतिबध्ता ब्यक्त गर्नु भएको थियो।

कार्यक्रमा जिल्ला शिक्षा समन्वय ईकाई कार्यालयका प्रमुख राम प्रसाद शर्मा, प्रतापपुर गाऊपालिका प्रमुख राजकुमार शर्मा, उप प्रमुख अन्जु कुमारी चौधरी, उखु उत्पादक समितिका अध्यक्ष उमेश चन्द्र यादव,तोयनाथ लम्साल, रामहरि उपाध्याय,कादिर अन्सारी, श्रवण कुमार कुश्वाहा, अल्सगीर हजाम, बाबुराम सुबेदी, करम हुसेन अन्सारी, जमालुदिन अन्सारी लगायतहरुले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन तौहीद धोबीले गर्नु भएको थियो।

दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad