बिज्ञापन

नवलपरासी, ६ पाैष ।

नवलपरासीको प्रतापपुर गाउँपालिका ६, कठहवा (मुसहर टाेलमा) शितलहरबाट बचाउनकाे लागि न्यानो लुगा बितरण गरिएको छ ।

Advertisement

बिकल्प नवलपरासीको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा उक्त न्यानाे लुगा बितरण गरिएको छ । बिकल्पकी अध्यक्ष कविता ज्ञवालीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिकाका कार्यकारी अधिकृत बाेधराज बस्यालकाे प्रमुख अातिथ्यतामा पुर्ण लाभ कार्यक्रम अन्तर्गत साे लुगा कपडाहरु वितरण गरिएकाे हाे ।

गएकाे श्रावण महिनाको २९ गते आएको बाढीले लुगा, कपडा, बिस्तरा, सिरकहरु पुर्ण रुपले क्षति भएका नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको वडा नं ६ कठहवामा रहेको मुसहर टाेलमा ४२ घरधुरी १७९ सदस्यलाई बलैन्केट प्रतिघर २ थान, बिस्तरा प्रतिघर २ थान, बेड सिट प्रतिघर २ थान, सिरानी प्रतिघर ४ थान, २ वर्ष मुनिका बालबालिकालाई प्रतिघर २ सेट न्यानाे लुगा तथा दुई वर्षभन्दा माथिका प्रत्येक ब्यक्तिलाई १ सेट न्यानाे लुगा हस्तान्तरण गरिएको छ ।

साे कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा नं. ६ वडा अध्यक्ष रामहरि उपाध्यायकाे बिशेष आतिथ्यतामा वडा नं. ८ वडा अध्यक्ष कादिर अलि, प्रतापपुर गाउँपालिका निमित्त त्रिभुवन सिंह, गुठि प्रसाैनी प्रहरी चाैकीका प्रहरी हवल्दार दयाशंकर सहानि, गुठि प्रसाैनी सशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवाश, युनाइटेड मिसन टु नेपालको बरिस्ठ कार्यक्रम अफिसर सुरज सुनार, बिकल्पका कार्यक्रम संयाेजक सराेज कुमार गाैतम लगायतको सहभागिता रहेको थियोे ।

Advertisement