लक्ष्मी प्रसाद हरिजन, महेशपुर

नवलपरासीको महेशपुरमा गएराती घर भत्किदा एकजना घाइते भएका छन् ।

Advertisement

पाल्हीनन्दन गाउँ पालिका वडा नं० १ महेशपुर टोलमा खपडाले छाएकाे घर वर्षाका कारण भत्किदा घरमूली चाने हरिजन घाइते भएका छन् । भत्किदा घरमा च्यापिएका हरिजनलाइ स्थानीयवासीले उद्धार गरेका थिए ।

भत्किएकाे घरमा च्यापिएर घाइते चाने हरिजन

उनकाे हात भाच्चिएकाे स्थानीयले बताएका छन् । घरमै उपचार भइरहेकाे बताइएकाे छ । पीडित परिवार राहत तथा सहयाेगकाे प्रतिक्षामा रहेकाे श्राेतले बताएकाे छ ।

बिज्ञापन
green_resturant_ad