-2.6 C
New York
Wednesday, November 29, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

महिला संघ नवलपरासीको पदस्थापन एवम् सपथग्रहण

spot_img

नवलपरासी। नेपाल महिला संघ पश्चिम नवलपरासीको जिल्ला कार्य समितिकाे तदर्थ समितिमा पदस्थापना तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार परासी स्थित बिपी स्मृति भवन परिसरमा एक कार्यक्रमका बीच महिला संघ जिल्ला कार्य समिती अन्तर्गत संघीय, प्रादेशीक तथा स्थानिय पालिका लगायतका समितिमा मनोनयन गरिएका पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापना तथा सपथ ग्रहण गराईएको हो ।
कार्यक्रममा मनोनयन भएका पदाधिकारी एवंम् सदस्यहरुलाई महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्राले सपथ ग्रहण गराउनुभएको थियो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कडेलले पार्टीमा महिला संघको ईतिहासदेखि वर्तमान अवस्थासम्म महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले स्थानिय तह, प्रदेश र केन्द्रिय तह सम्म महिलाको उचित ब्यवस्थापनका लागि पार्टीले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्राले पार्टीले हरेक तहमा महिलालाई सवै स्थानमा उचित ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

महिला संघकी सभापति तारादेवी भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आथित्यता यसैगरी पार्टीका केन्द्रिय सदस्य एंवम् प्रतिनिधी सभा सदस्य विनोद चौधरी बिशेष आथित्यतामा सम्पन्न भएको थियो ।

- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme